arrow

गठबन्धनलाई ‘बागी’ को त्रास, उम्मेदवारी फिर्ताबारे छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
gathabandhan baithak-balwatar.jpg

काठमाडौं । पाँच दलीय गठबन्धनलाई यतिबेला बागी उम्मेदवारीले समस्या दिएको छ । केन्द्रले पाँच दलीय गठबन्धन गर्ने निर्णय भएको भए पनि स्थानीय तहमा नेताहरुले आफू खुशी गरेपछि गठबन्धन तनावमा छ । एकातिर गठबन्धन गर्ने र अर्कातिर गठबन्धन लत्याउँदै बागी उम्मेदवार उठेपछि पाँच दलीय गठबन्धनलाई चिन्ता परेको छ । 

स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ । ११ र १२ वैशाखमा भरतपुर र पोखरासहितका महानगरसँगै, विभिन्न उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामासेमत आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । 

उम्मेदवारी फिर्ता लिने समय भने शुक्रबार ५ बजेसम्म रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघि पनि बिहीबार गठबन्धन दलहरूको बैठक बसेको थियो । तर, अझै पनि धेरै ठाउँमा बागी उम्मेदवारी फिर्ता हुन बाँकी छ ।  

र आज अन्तिम प्रयासस्वरुपः दलहरुबीच छलफल चलिरहेको छ । 

आधिकारिक उम्मेदवारलाई निर्वाचत जित्न कठिन हुनेगरी बागी उम्मेदवारी परेपछि गठबन्धन रनभुल्लमा छ । समस्या समाधानको उपाय खोज्न पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ