arrow

वीरगञ्जमा गठबन्धनलाई जिताउन जसपा र कांग्रेस घरदैलोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
birgunj-umbedwar.PNG

वीरगञ्ज। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारहरूले संयुक्त घरदैलो अभियान शुरु गरेका छन् ।

गठबन्धनले शुकबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का विभिन्न टोलमा मेयर, उपमेयर र वडा अध्यक्षका उम्मेदवारसहित चुनावी घरदैलो अभियान शुरु गरेको हो ।

अभियानमा जनता समाजवादी पार्टीको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह, नेपाली कांग्रेसबाट उपमेयर पदका उम्मेदवार इम्तियाज आलम, सङ्घीय सांसद प्रदीप यादवलगायत जसपा र कांग्रेसका कार्यकर्ताहरूले घरघरमा मतदाताहरू भेट्दै गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका थिए ।

निर्वाचन मिति नजिकिँदै गठबन्धनका साझा उम्मेदवारहरूले शुरु गरेको घरदैलोबाट वीरगञ्जको माहोल परिवर्तन भएको छ । विपक्षीहरूले गठबन्धनका साझा उम्मेदवारहरू एक ठाउँमा आउन नसक्ने भनिरहँदा आज भएको संयुक्त घरदैलोले उनीहरूको मुख बन्द भएको जसपाका नेता मुकेश द्विवेदीले बताए ।

‘वडा १६ बाट हामी गठबन्धनका साझा उम्मेदवारहरूले घरदैलो शुरु गरेका छौँ, मतदातहरुको घर घरमा पुगेर मत माग्न शुरु गरिसकेका छौं । हामी नेता, कार्यकर्ता मात्र होइन, मतदाता जनता पनि धेरै उत्साहित छन्,’ जसपाबाट मेयर पदका उम्मेदवार राजेशमान सिंहले भने ।

घरदैलो अभियानमा जसपा र कांग्रेसका नेता कार्यकर्ताहरूले मेयरमा छाता र उपमेयरमा रुख छापमा मात्र मतदान गर्न मतदाताहरूसँग आग्रह गरिरहेका छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गठबन्धनका उम्मेदवार जिते मात्र वीरगञ्जमा समृद्धि आउन सक्ने बताउँदै भने, ‘एमाले मधेस विरोधी पार्टी हो । मधेसको विकासमा एमालेबाट अपेक्षा गर्न मूर्खता हुन्छ । त्यसैले पनि सबैले मिलेर गठबन्धनका साझा उम्मेदवारहरूलाई जिताउन आवश्यक छ ।’

सङ्घीय सांसद प्रदीप यादवले गठबन्धनका उम्मेदवारहरूले संविधान विरोधी तत्त्वहरूलाई पराजित गर्ने विश्वास व्यक्त गरे । गठबन्धन जितेर आए मात्र देशमा ठोस नीति, कार्यक्रम, दिगो विकास र शान्ति कायम हुने बताए ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, पूर्व उपसभापति प्रकाश उपाध्याय, कांग्रेसका नेता श्याम पोखरेल, जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, विष्णु पटेल, जसपा वडा एकाइ कमिटीका अध्यक्ष अरुण यादव लगायत जसपा र कांग्रेसका बहुमत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

स्थानीयहरूले पनि गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउने आश्वासन दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ