arrow

पोखरा प्रमुखबाट कांग्रेस नेताद्वय सापकोटा र तिवारीले लिए उम्मेदवारी फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
Nepali congress pokhara.jpg

कास्की । पोखरा महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेताद्वय ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिएका छन् । 

दुबै जनाले आज शहीदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी फिर्ता लिएका हुन् । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा पोखराको प्रमुख सत्ता गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को भागमा परेपछि असन्तुष्ट हुँदै उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन फिर्तापछि सापकोटाले आफूले साङ्केतिकरुपमा गठबन्धनको विरोधमा उम्मेदवारी दिएपनि पार्टी नेतृत्वले आगामी दिनमा आमकार्यकर्ताको भावनाअनुसार अघि बढ्ने प्रतिवद्धता जनाएकाले फिर्ता भएको बताए ।

उनले भने, “आफ्नो कारणले केन्द्रको गठबन्धन विग्रन सक्ने सम्भावना र पार्टी केन्द्रको निर्देशन, नेताको आग्रहअनुसार उम्मेदवारी फिर्ता लिएको हुँ । हामीले हाम्रा असन्तुष्टि पार्टी नेतासमक्ष स्पष्ट राखेका छौँ । आगामी दिनमा त्यसलाई सम्वोधन हुने विश्वास छ ।” 

उम्मेदवारी फिर्तापछि आफूहरुको समर्थन गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यलाई रहने र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन लागि पर्ने तिवारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ