arrow

निकै कष्टपछि नवौं खेलमा खोल्यो मुम्बईले जितको खाता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
mumbai-indians-suryakumar.jpg

काठमाडौं । राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मुम्बईमा शनिबार राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । 

मुम्बईको पहिलो जितमा सूर्यकुमार यादवले  सर्वाधिक ५१ रन बनाए । यस्तै तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रनको योगदान गरे । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ६७ रन बनाए । यस्तै रविचन्द्र आश्विनले २१ रनको योगदान गरे । 

मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले समान दुई विकेट लिए ।

जितसँगै मुम्बईले आठ खेलपछि पहिलो जित निकालेको छ । पाँच पटकको च्याम्पियन मुम्बईले अहिले नै सबैभन्दा खराब खेलेको हो । 

राजस्थान ९ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ ।

गुजरात टाइटान्स ९ खेलबाट १६ अंकसहित प्लेअफको नजिक पुग्न थालेको छ । 



नयाँ