arrow

३७ दिनपछि धोनी फेरि कप्तान, छाडे जडेजाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
dhoni-ipl-2021.JPG
तस्बिर– फाइल

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको साविक विजेता चेन्नई सुपर किंग्सको कप्तानीमा फेरि महेन्द्र सिंह धोनी नियुक्त भएका छन् । चेन्नईले शनिबार धोनीलाई कप्तान चयन गरिएको जनाएको हो । 

शुरुआतदेखि नै कप्तानी सम्हाल्दै आएका धोनीले यसै सिजनदेखि रविन्द्र जडेजाले कप्तानी गर्दै आएका थिए । तर आफू सक्षम नभएपछि जडेजाले ३७ दिनपछि धोनीलाई कप्तानी सुम्पिएका हुन् । 

साविक विजेताले जडेजाको कप्तानीमा यस सिजन मात्र २ खेलमा जित निकालेको छ । चेन्नई ८ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

धोनी आईपीएलका सर्वाधिक सफल कप्तान मानिन्छन् । उनले टिमलाई चार पटक च्याम्पियन बनाउँदा पाँच पटक उपविजेता बनाएका थिए । 



नयाँ