arrow

सत्ता गठबन्धनको निर्णय : समझदारी अनुरुप निर्वाचनमा होमिन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
gathabandhan-2078-12-22.jpg

काठमाडौं । सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ-आफ्ना दलले आ-आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । 

स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले गठबन्धनका साझा उम्मेदवारका विरुद्ध मनोनयन दर्ता गराएका उम्मेदवारलाई कारबाही गर्ने निर्णय गरेको हो । 

पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनरुप कार्य गर्न गराउन आ-आफ्ना दलले आ-आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ । 

बैठकले गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । यो निर्णय पालना नगर्नेलाई आ-आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ । 

केही दिन अगाडि सबैको सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताको बैठकले महानगर, उपमहानगरको प्रमुख र उपप्रमुख बाँडफाँटको विषय टुङ्गो लगाएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ