arrow

नागेश कोइराला र अमरेन्द्र यादव एउटै मञ्चमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
nagesh-aramendra.JPG

विराटनगर । नेपाली कांग्रेसका तर्फबाट विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार बनेका नागेश कोइराला र जनता समाजवादी पार्टी जसपाका तर्फबाट उप–प्रमुखका उम्मेदवार अमरेन्द्र यादवले एउटै मञ्चमा भाषण गरेका छन् । 

श्रमिक दिवसको अवसरमा ट्रेड युनियन कांग्रेस मोरङले आइतबार हडताली हाटमा आयोजना गरेको आमसभामा दुवै उम्मेदवारले एउटै मञ्चमा भाषण ठोकेका हुन् । 

कांग्रेसले एक्लै कार्यक्रम गरेको आरोप लागिरहेको बेला अमरेन्द्र र नागेश एउटै मञ्चमा बसेर गठबन्धनलाई जिताउने अभियानमा लागेपछि आरोप लगाउनेहरुको मुख बन्द भएको छ । 
 
तीन केन्द्रीय सदस्यलाई पछि पार्दै नागेश कोइरालाले टिकट लिएको भन्ने विभिन्न सञ्चार माध्यममा समाचार आएपछि कोइरालाले खण्डन गर्दै तीन केन्द्रीय सदस्यहरु टिकट लिनबाट पछि हटेर सहयोग गरेपछि आफूले टिकट पाएको बताए ।

त्यसमा केन्द्रीय नेताहरु डा. शेखर कोइराला र विमलेन्द्र निधी लगायतको समेत साथ र सहयोग रहेको उनले बताए । 

त्यसैगरी उप–प्रमुखका उम्मेदवार अमरेन्द्र यादवले आफूहरु सबै मजदूर भएकाले मजदूरहरुका माग सम्बोधन गर्न लागिपर्ने बताएका छन् । 

कार्यक्रम ट्रेड युनियन कांग्रेस मोरङका सभापति शुशिल कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो । 
कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला, विमलेन्द्र निधी , केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, भीम पराजुली, पूर्व मन्त्री महेश आचार्य लगायतको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ