arrow

कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा सदस्य थप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
congress-party-office-final.jpg

काठमाडौं । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा सदस्य थप गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य उदय शम्शेर राणाको संयोजकत्वमा रहेको विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा एक  सदस्य सचिव र १७ सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उपसमितिका संयोजकबाट उपसमितिको सदस्य सचिवमा डेनमार्कका पूर्व सभापति एवं पार्टीका महासमिति सदस्य वीरेन्द्र सिंह कार्की नियुक्त भएका छन् । 

थप भएका सदस्यमा तेजेन्द्र कार्की, जर्मनी, रामप्रसाद चालिसे, स्वीडेन, पुष्पा मिश्र, साइप्रस, मन्जीत जाम्लीङ्ग राई, कुवेत, शेरबहादुर राउत, बहराइन, दीपक रेग्मी, साउदी अरब, तिलकचन्द ठकुरी, मलेसिया, नवीनकुमार पङ्गेनी, ओमन, शिवराम भण्डारी, फ्रान्स, शुक्रराज न्यौपाने, आयरलैण्ड, राजेन्द्र खनाल, इजरायल, सदस्य - डा. एलिनी पोखरेल, पोल्याण्ड, जगबहादुर शाह, हङ्गकङ्ग, सन्दीप राना, भारत, कृष्ण के.सी., अमेरिका,सन्देश के.सी., माल्टा र जीवन कुँवर, अस्ट्रिया रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ