arrow

कास्कीमा सवारी दुर्घटनाः छोरीको मृत्यु, बाबु गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
accident-final-1618290232.jpg

पोखरा । कास्कीमा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ की १८ वर्षीया सविना पुन रहेकी छन् । 

आइतबार बिहान ग३च ३५२५ नम्बरको कारले पर्वतबाट पोखरा आउँदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई अन्नपूर्ण गाउँपालिका वडा नं. १ लेवाडेमा ठक्कर दिंदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मोटरसाइकल चालक ४५ वर्षीय जितबहादुर पुन गम्भीर घाइते भएका छन् । उनको पोखरास्थित मेट्रोसिटी हस्पिटलमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटना लगत्तै कार चालक फरार भएका थिए । पछि उनी सम्पर्कमा आइसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ