arrow

धोनीले कमान सम्हालेपछि चेन्नईमा बहार, पहिलो खेलमै हैदराबादमाथि सनसनीपूर्ण जित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
chennai-super-kings-2022-ipl.jpg

काठमाडौं । सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै साविक विजेता चेन्नई सुपर किङसले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ । महेन्द्र सिंह धोनीले ३७ दिनपछि पुनः कप्तानी सम्हालेपछिको पहिलो खेलमै चेन्नईले सफलता चुमेको हो । 

धोनीले यसैपटकदेखि कप्तानी छाडेका थिए । रविन्द्र जडेजालाई कप्तानी दिइएको थियो । तर टिम कमजोर भएपछि फेरि धोनीलाई नै कप्तानी सुम्पिएको हो । 

पुनेमा आइतबार राति चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १८९ रनमा समेटियो । हैदरावादका निकोलस पुरनले अविजित ६४ रन बनाए । कप्तान केन विलियम्सनले ४७ रन तथा अभिषेक शर्माले ३९ रनको योगदान दिए ।

चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २०२ रन बनायो । चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ९९ रन बनाए ।

डेभोन कोन्वेले अविजित ८५ रनको योगदान गरे । हैदरावादका टी नटराजनले २ विकेट लिए  ।

जितसँगै चेन्नईले ९ खेलबाट ६ अंक जोडेर नवौं स्थानमा छ । हैदरावाद ९ खेलमा १० अंक जोडेर चौंथो स्थानमा छ ।

आइतबारकै अर्को खेलमा लखनउ सुपर जायन्टसले दिल्ली क्यापिटल्सलाई ६ रनले हरायो । १९६ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ७ विकेट गुमाएर मात्र १८९ रन बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर १९५ रन बनाएको थियो ।



नयाँ