arrow

वेबसाइटहरुको रैंकिंग गर्ने एलेक्सा बन्द भयो, अब कसरी हेर्ने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
alexa-rank.png

काठमाडौं । अमेरिकी ईकमर्स जायन्ट अमेजनले सन् १९९६ मा सुरू गरेको वेबसाइट रैंकिंग एवं पैसा तिरेर एसईओ एनालाटिक्स एवं र ईन्साइट डेटा प्राप्त गर्न सकिने सेवा एलेक्सा डट कम (https://www.alexa.com/) बन्द भएको छ ।

कम्पनीले सन् २०२२ को मे १ देखि एलेक्साको सेवा बन्द भएको जानकारी आफ्नो वेबसाइटमार्फत दिएको छ । यसअघि नै कम्पनीले एलेक्सा बन्द गर्ने घोषणा गरेको थियो ।

गत डिसेम्बरदेखि नै एलेक्साले नयाँ सब्सक्रिप्सन रोकेको थियो भने हाल सब्सक्रिप्सनको अवस्थामा रहेकाहरुले भने डेटा प्राप्त गर्न सक्ने छन् ।

एलेक्साले विश्वमा सबैभन्दा बढी कुन वेबसाइट हेरिदैछ अथवा कुन वेबसाइट कति मान्छेले हेरे, हेरिरहेका छन् भन्ने डेटाको आधारमा वेबसाइटको श्रेणी तोक्ने काम अथवा रैंकिंग गर्दै आएको थियो । खासगरी विश्वभर सबैभन्दा बढी हेरिनेमा गुगल डटकम, युट्युब डटकम, फेसबुक डटकम जस्ता वेबसाइट पहिलो नम्बरमा रहने गर्छन् । 

विश्वभरमा र आफ्नो देशमा कुन वेबसाइट कतिऔं स्थानमा रहेको छ भनेर एलेक्साबाट थाहा पाउन सकिन्थ्यो ।

झन्डै दुई दशकदेखि सेवा दिँदै आएको एलेक्साले आफ्नो सेवा बन्द गरेसँगै कतिपयले अब, कसरी वेबसाइट रैंकिंग हेर्ने भन्ने अन्योल ठानेको हुनसक्छ ।

तर, एलेक्सा बाहेकका बजारमा अन्य वेबसाइट पनि छन्, जसले रैंकिंग सेवा दिँदै आएका छन् । सीमीलरवेब डटकम (https://similarweb.com/) र रैंक रेन्जर(https://www.rankranger.com)लगायतबाट आफ्नो वेबसाइटको रैंक हेर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ