arrow

चौरसिया र अमात्य गठबन्धनलाई जिताउन जनताको घरदैलोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
amatiya-chaurasiya.PNG

वीरगञ्ज । सत्ता गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयरका साझा उम्मेदवारलाई विजयी बनाउन जसपा र कांग्रेसले घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का मेयरका उम्मेदवार राजेशमान सिंह र नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार इम्तियाज आलमलाई जिताउन नियमित रूपमा ५ दलका नेता कार्यकर्ताहरूले घरदैलो गरीरहेका छन् ।

सोही क्रममा आइतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिरसियाका वडावासीसँग छलफल तथा भेटघाट गरिएको छ ।  भेट भेटमा जसपा र कांग्रेसका दिग्गज नेताहरुको उपस्थिति रहेको थियो ।

गठबन्धनलाई कांग्रेस पर्साको एउटा ठूलो समूहले समर्थन नगर्ने चर्चा चलिरहेको बेला पार्टीभित्र रहेका दुवै समूहले गठबन्धनका साझा उम्मेदवारहरूका लागि भोट माग्न थालेका छन् । शनिवार मात्रै कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन वीरगञ्ज महानगरपालिका वडा नम्बर ९, १० र ११ का कार्यकर्ताहरूको सहभागितामा ठूलो जुलुस निकालेका थिए ।

चौरसिया एक ठाउँमा जुलुस निकाली रहँदा कांग्रेस पर्साका प्रभावशाली नेता एवं संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य वीरगञ्जका मेयर उम्मेदवार राजेशमान सिंह र उपमेयर उम्मेदवार इम्तियाज आलमसँग वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ मा घरदैलो गरिरहेका थिए  ।

चौरसिया र अमात्य कांग्रेस पर्सामा रहेको दुई समूहको नेतृत्व गर्छन् । तर अहिले कांग्रेसको दुवै समूहले आपसी मतभेदलाई अन्त्य गर्दै गठबन्धनका साझा उम्मेदवारहरूलाई जिताउन कसरत गरिरहेका छन् ।

गठबन्धनलाई विजयी बनाउने सिरसियाका वडावासी पनि सकारात्मक छन् । सिंहले पनि स्थानीयसँग गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।

उपमेयरका उम्मेदवार आलमले वडावासीले पूर्ण रूपमा गठबन्धनलाई नै साथ दिने विश्वास व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ