arrow

भारतीय पैसा निकासी गरेपछि चिनियाँ मोबाइल निर्माता साओमीको ५५ अर्ब जफत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
xiaomi-india-.jpg

काठमाडौं । गैर कानुनी रूपमा देश बाहिर रकम पठाएपछि भारतले चीनको सबैभन्दा ठूलो टेक कम्पनीमध्येको साओमीको पैसा जफत गरेको छ । भारतको मुख्य वित्तीय अनुसन्धान एजेन्सी प्रवर्तन निर्देशनालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

साओमीको भारतीय शाखा कम्पनीले भारतमै उत्पादन गरेर भारतमै मोबाइल बिक्री गरेको पैसा गैर कानुनी रुपमा विदेशमा निकास गर्दै विदेशी मुद्रा कानूनको उल्लङ्घन गरेको निर्देशनालयले जनाएको छ ।

आफ्नो मुख्य कम्पनीको निर्देशन अनुसार साओमीको भारतीय शाखाले तीन विदेशी संस्थालाई ५५ अर्ब भारतीय रुपैयाँ करिब ७२ करोड ६० लाख अमेरिकी डलर बराबरको अवैध रेमिट्यान्स पठाएको जनाएको छ ।

साओमीले सन् २०१४ देखि भारतमा सेवा दिन थालेको र त्यसको एक वर्षपछि पैसा पठाउन थालेको एजेन्सीले जनाएको छ । भारतीय अधिकारीहरूले अहिले कम्पनीको बैङ्क खातामा रहेको सोही रकम बराबरको रकम जफत गरेका हुन् ।

'साओमीले पूर्ण रूपमा निर्मित मोबाइल सेट र अन्य उत्पादनहरू भारतका निर्माताहरूबाट खरिद गर्छ, तर कुनै सेवा नलिएका तीन वटा विदेशी संस्थाहरूमा यो रकम हस्तान्तरण गरेको छ,' निर्देशनालयको विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय चीनले आक्रामकता बढाउँदै लगेपछि भारतले कयौँ चिनियाँ प्रमुख कम्पनीहरूलाई भारतमा प्रतिबन्ध लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ