arrow

एआईजीहरुमध्ये सबैभन्दा उपयुक्त देखिएका सिंहलाई आईजीपी बनाइएको हो : मन्त्री कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
karki-nirnaya.PNG

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मध्ये सबैभन्दा उपयुक्त देखिएका धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरिएको  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले सो कुरा बताएका हुन् । 

सरकारले आइतबार सिंहलाई महानिरीक्षक पदमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को यही वैशाख १८ गते भएको बैठकले एआईजीहरुमध्ये सबैभन्दा उपयुक्त देखिएका सिंहलाई आईजीपी पदमा बढुवा नियुक्ति गरेको मन्त्री कार्कीले बताए । साथै सशस्त्रका एआईजी राजु अर्याललाई आईजीपी पदमा नियुक्त गरिएको छ ।  

बैठकले कोष तथा लेखा नियन्त्रण कार्यालय, खोटाङका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती सङ्घसँग थप पाँच वर्षको सम्झौता गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री कार्कीले बताए ।

यसैगरी मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) (दोस्रो संशोधन) आदेश, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका तीन जना अधिकृतलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ