arrow

द्रुतमार्ग निर्माण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुई चिनियाँको मृत्यु, चार घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
accident-final-1618290232.jpg

बागमती । मकवानपुरको बकैयामा तराईलाई  काठमाडौँ जोड्ने  द्रुतमार्ग निर्माण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक दुवै चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । द्रुतमार्गको काम गरिरहेको लोडर एक्कासी सिमान्त खोलामा खस्दा लोडरमा रहेका छ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्लाका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

काठमाडौँ जोड्ने द्रुतमार्ग अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकाको–११ घटेपाख र लेनडाँढा नजिक लोडर दुर्घटना हुँदा दुईको घटनास्थलमा मृत्यु भएको बताइएको छ । 

मृतक दुई सो द्रुत मार्गमा काम गर्ने चिनियाँ नागरिक रहेको  प्रवक्ता कार्कीले बताए। घाइतेको उद्धार गरी हेटौँडा ल्याएको र उपचार भइरहेको बताइएको छ । 

मृतक र घाइतेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ