arrow

जन्ती सवार जीप दुर्घटना, तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
accident-final-1618290232.jpg

गोरखा । गोरखामा जन्ती बोकेको स्कारपिओ जीप आज दिउसो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका वडा नं. ६ चनौटेका ५० बर्षका देवीप्रसाद पोखरेल, लमजुङ दुराडाँडा घर भई हाल काठमाडौँ महानगरपालिका-१६ बस्ने ५१ बर्षका कमल न्यौपाने र कावासोती-१४ का ८० बर्षका उत्तरकुमार सिग्देल रहेको प्रहरीले जनाएको छ ।

गोरखाबाट बेहुली लिएर चितवन फर्कनेक्रममा सिरानचोक गाउँपालिका वडा नं. ४ आरुबोटेस्थित फिरफिरे भिरबाट खसेर बा१४च ७८१ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप भिरबाट झन्डै दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख (एसपी) केदार खनालले बताए ।

तीन जना जन्तीको मृत्यु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरेभीरमा सोमबार साँझ साँढे चारबजे भएको बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप दुर्घटनामा तीनजनाको मृत्यू भएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

जपमा सवार अन्यको अवस्था भने सामान्य रहेको बताइएको छ । प्रहरीका अनुसार चालकले ओह्रालोमा जीप स्टार्टमा राखेर यात्रु चढाउन थालेको तर आफूभित्र नबस्दा जीप गुडेर भीरबाट करिब दुईसय मिटर तल खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ