arrow

अष्टचिरञ्जीवी मध्येका एक परशुरामको जयन्ती मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
parsuram.jpg
तस्बिर– फाइल

काठमााडैं । बैशाख शुक्ल तृतीयाका दिन जन्मिएका परशुराम ऋषिको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मनुभएको हो ।

ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदेशमा माता रेणुकाको हत्या गरेकोसमेत ती ग्रन्थमा व्याख्या गरिएको छ । पिता जमदग्निले परशुरामलाई वर माग भनेपछि माता जीवित भएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । आमा मारेको कुरा अरुले थाहा नपाउन् भनी सो वर मागेको उल्लेख गरिएको छ ।

अष्टचिरञ्जीवीमध्येका एक परशुरामले पिता जमदग्निको हत्या भएपछि २१ पटक ब्रह्माण्ड घुमी विश्वभरका क्षेत्रीको हत्या गर्नुभएको थियो । क्षेत्रीयमा अहङ्कार बढ्न थालेपछि साधुको रक्षा गरी दुर्जनलाई मार्नकै लागि भगवान् विष्णुको छैटौँ अवतारका रूपमा उहाँले जन्म लिनुभएको वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । राजा कार्तवीर्यका सबै छोराको हत्या परशुरामले नै गर्नुभएको थियो भन्ने वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको छ ।



नयाँ