arrow

किन दोहोरिन खोजे बुद्धभूमीमा श्रेष्ठ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
keshab-shrestha.PNG

कपिलवस्तु । यही वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बुद्धभूमी नगरपालिकामा मेयर पदमा केशव कुमार श्रेष्ठ चुनावी प्रतिस्पर्धा मा उत्रिएका छन् । केशव कुमार श्रेष्ठ निवर्तमान मेयर हुन । 

५ वर्ष पदमा रहँदा नगरलाई विकासको गतिमा लैजान सफल नेताको रूपमा रहेका श्रेष्ठको उम्मेदवारीसँगै त्यस क्षेत्रका जनताहरूको उत्साह थपिएको हो । नगरको रिङ रोड, १५ शय्याको अस्पताल, विभिन्न वडामा खेलकुदका संरचना , शिक्षा , कृषि लगायतका क्षेत्रमा जग बसाल्ने कामहरू नगरमा भएका छन् । 

वडा नं ४ मा पर्यटन विकासको लागि ताल व्यवस्थापन र पर्यटकीय स्थलको रूपमा विकास लगायतका क्षेत्रमा समेत कामहरूले नगरमा निरन्तरता पाएको छ । फुसको छानो हटाउने अभियानमा समेत निरन्तरता पाएको कारण यस्ता कामलाई आगामी कार्यकालमा सम्पन्न गर्नको लागि मेयर पदमा केशव कुमार श्रेष्ठ र उप मेयरमा मिरा थारुले उम्मेदवारी दिएका छन् । 

बहुवर्षिय योजना अन्तर्गत सडक पिच गर्ने कामको सुरुवात र धेरै सडकको स्तरोन्नति भएको र केही काकी योजनाहरू पुरा गर्न आफुले उम्मेदवारी दिएका छन् । अगामी कार्यकालमा श्रेष्ठले नगरमा खेलकुदको लागि स्टेडियम निर्माण , प्रत्येक वडामा सुविधा सम्पन्न प्रशासनिक भवनका साथै डिजिटल र प्रविधिमैत्री वडा बनाइ सेवा प्रवाह गर्ने जस्ता योजना अगाडी सारेका छन्। 

वाकी रहेका फुस तथा खरका छाना हटाउने काममा निरन्तरता जनताको स्वास्थ्य सेवामा निःशुल्क तथा उपचारमा सहुलियत , नगरमा प्राविधिक शिक्षालय खोलेर प्राविधिक क्षेत्रमा उच्च शिक्षा दिने कामको लागि पनि योजना रहेको श्रेष्ठले बताए । गरिब ,दलित तथा विपन्न छात्राहरूलाई छात्रवृत्ति , अपाङ्गहरूलाई विशेष शिक्षा र सहुलियतका प्याकेट दिने योजनामा राखेको उनले बताए। 

त्यस्तै नगरमा रहेका सामुदायिक वनहरू सँग सहकार्य गरि रोजगार सँग जोड्ने र कृषि र पशु विकासको लागि प्रत्येक वडामा पकेट विकास कार्यक्रम सञ्चालन गर्ने योजनाहरू पनि आफुले सुरुवात गरेको र त्यसलाई निरन्तरता दिने उनले बताए । 

 नेपाली कांग्रेसका पुराना नेता हालै सम्पन्न नेपाली काग्रेसको १४ औ महाधिवेशनमा उनी क्षेत्र नं २ मा धेरै मत मन्तरले सभापतिमा निर्वाचित समेत भएका छन् । पार्टीका विभिन्न पदमा बसेर सङ्गठन निर्माण र जनताको काम गर्ने नेताको रूपमा अब्बल रूपमा साबित भएका नेता हुन् । 

विभिन्न कार्यक्रममा समयमा उपस्थिति हुने र योजना निर्माण र कार्यान्वयन सबल रूपमा जिल्लामै चिनिएका नेता हुन । जनताको घरदैलोमा रमाउने नेताको रूपमा स्थापित नेता हुन् । बुद्धभूमी १ मा उनको निवास रहेको छ । 

त्यस्तै उप मेयरमा मिरा थारु पनि निवर्तमान नगर उप प्रमुख हनु थारु समुदायमा दरिलो प्रभावका रूपमा रहेकी थारु सङ्गठनमा प्रदेश प्रतिनिधि हुन् । बुद्धभूमी २ निवासी थारु लामो समयसम्म सङ्घ संस्थामा बसेर काम गर्नुका साथै महिला हक अधिकारको क्षेत्रमा काम गर्ने अब्बल अधिकारकर्मीको रूपमा परिचित छन् । 

महिला तथा आदिवासी र विपन्न वर्गहरूको क्षमता विकास र रोजगारीको लाग अवसर सिर्जना गर्नको लागि आफू उप मेयरमा उम्मेदवारी बताइन् । महिलाहरूको क्षमता विकास भई विभिन्न क्षेत्रमा काम गर्न सफल दिदी बहिनीहरूलाई थप क्षमतावान् बनाउने समेत थारुले बताइन् । 

२०७४ को निर्वाचनमा बुद्धभूमीबाट प्रमुख, उप प्रमुख सहित १० वडा मध्ये ५ वडामा अध्यक्ष काग्रेंस वाट निर्वाचित भएका थिए ।
 



नयाँ