arrow

तरुण दलका पूर्व क्षेत्रीय सभापति एमालेमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
tarun-dal-uml.PNG

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ का युवा नेता एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस तरुण दलका पूर्व क्षेत्रीय सभापति निरन खड्का एमालेमा प्रवेश गरेका छन् ।

ललितपुर महानगरपालिका-१८ निवासी खड्का दशक लामो खेलकुदमा आबद्ध भएका थिए। राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य रहेका खड्का ताइक्वान्डोको मार्सल आर्ट हुन् । नेपाल मार्सल आर्ट्स महसंघका पुर्वअध्यक्ष, भैसेपाटीको ओम ताइक्वान्दो डोजाङका संस्थापक अध्यक्ष रहेका उनी ६ डान हुन् ।

उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वालकोटमा पार्टी प्रवेश गराएका थिए । ललितपुरको राजनीतिमा ख्याति कमाएका नेता पार्टीको महाअधिवेशन प्रतिनिधि, ०५८ देखि ०६२-०६३ को जनआन्दोलन सम्म ६ वर्ष तत्कालीन सैबुगाउँ कमिटी तरुण दलको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

पार्टीमा प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्ने बताए । उनले भने- तपाई लाई पार्टीले उचित जिम्मेवारी दिनेछ । अहिलेको अवस्थामा तपाईँको भूमिका महत्त्वपूर्ण रहनेछ । उनले एमालेको नीति र सिद्धान्त मन परेको कारण पार्टी प्रवेश गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ