arrow

बेलबारी र सुन्दरहरैंचा कांग्रेसले गर्‍यो घोषणापत्र सार्वजनिक

logo
विवेक मिश्र,
प्रकाशित २०७९ वैशाख २० मंगलबार
morang-congress-ghosanapatra.PNG

मोरङ । मोरङको बेलबारी र सुन्दरहरैंचा स्थित नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

 बेलबारी नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार रहेका महेन्द्र सुवेदीले घोषणापत्र सार्वजनिक गर्दै यो घोषणा पत्रमा नगरपालिका विकासको समग्र खाका रहेको बताए । उनले गाउँ गाउँमा गएर जनतालाई पार्टीको घोषणा पत्र बुझाउने र विजयपश्चात् घोषणा पत्रअनुसार काम गर्ने प्रतिबद्धता जाहेर गरे । 

घोषणा पत्र सार्वजनिक कार्यक्रममा जिल्ला सभापति डिकबहादुर लिम्बू, महासमिति सदस्यहरू नगेन्द्र जमरकट्टेल, महाधिवेशन प्रतिनिधि दिलीप गच्छदार, राजकुमार लिम्बु, विजय तोलांगी मेयर, उपमेयर, वडा अध्यक्षका उम्मेद्वारहरु तथा पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । 

त्यस्तै सुन्दरहरैचा स्थित विराट चोकमा पनि एक कार्यक्रमका बीच नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ । मेयर पदका उम्मेदवार शिवप्रसाद ढकाल, प्रदेश उपसभापति तथा राष्ट्रिय सभाका सांसद रमेश जङ्ग रायमाझी, जिल्ला सचिव ललितबहादुर श्रेष्ठ, महासमिति सदस्य तथा प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला लगायतले घोषणापत्र सार्वजनिक गरेका थिए । 

जसमा शिक्षा, खेलकुद ,बालबालिका, स्वास्थ्य, कृषि उद्यम ,रोजगारी, पर्यटन प्रवर्द्धन, वातावरण, सरसफाइ ,विपद् व्यवस्थापन, सुशासन , सेवा प्रवाह , प्रविधि, भौतिक पूर्वाधार, कला साहित्य पत्रकारिता साथै मानव संसाधन विकास र सशक्तीकरण लगायत पार्टीको घोषणापत्रमा बुँदागत रूपले समेटिएको छ । 

सुन्दरहरैंचालाई सुकुम्वासी मुक्त नगर घोषणा गर्ने साथै युवाहरूलाई क्षमता विकास तालिमका साथै रोजगारी दिइने लक्ष्य सहित कांग्रेस चुनावी मैदानमा उत्रिएको छ । यस अघिका मेयर शिवप्रसाद ढकाललाई कांग्रेसले पुनः उम्मेदवार बनाएको छ । 

कांग्रेस नेतृत्वको गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नवराज चापागाईँ उपमेयरका उम्मेदवार छन् । घोष पत्रमा नेपालकै सबैभन्दा ठुलो बहुउद्देश्यीय अन्तर्राष्ट्रिय स्टेडियम निर्माण गर्ने खुल्ला व्यायामशाला स्थापना गर्ने, पत्रकारलाई खोजमूलक स्टोरी लेखे बापत मासिक १० हजार प्रदान गर्ने देखी पत्रकारको दुर्घटना बिमा गरिने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ