arrow

बुद्धले २० वर्षको उमेरमै जे बुझे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
buddha-squral-story.JPG

काठमाडौं। संसारमा तीन प्रकारका मनुष्य हुन्छन्। उत्तम, मध्यम अनि कनिष्ठ। उत्तम मनुष्यको बुद्धि तेलको थोपा जस्तो हुन्छ। तलाउमा तेलको एक थोपा हाल्यो भने पूरा तलाउको पानीमा फैलिने छ । मध्यम मनुष्यको बुद्धि फलाम जस्तो कडा हुन्छ। फलामलाई आगोमा तताएर मार्तालले बेस्सरी पिट्यो भने मात्र त्यसको केही चीज बन्छ। कनिष्ठ या नीच मनुष्यको बुद्धि ढुङ्गा जस्तो हुन्छ। यदि ढुङ्गालाई आगोमा हालेर ततायो भने चडकेर फुट्छ र तताउनेलाई नै चोट लाग्ने छ। यदि कारीगरले गढेर कुनै चीज बनाउन चाह्यो भने पनि अलिकति ठेस लाग्न साथै सारा मेहनत बेकार हुन्छ। मध्यम श्रेणीको मनुष्य त सङ्गत पाएर सुध्रन्छ, तर कनिष्ठ श्रेणीको मनुष्य त जहाँ पनि जान्छ अरूलाई दुखै मात्र दिन्छ।

आज संसारमा मानिसहरू राम्रो घर, राम्रो खाना र उच्च पद पाउनलाई सकेसम्म जोड लगाइरहेका छन् । बस, त्यसैमा मानिसहरूले सुख-शान्ति सम्झेर बसेका छन् । त्यसदेखि अगाडि के छ? मरेपछि के हुन्छ ? कहाँ जानेछौँ? यस कुराको कसैलाई ख्यालै छैन । सारा संसार मायामा बगेर गोता खाइरहेको छ अनि डुब्दै गएर पनि कराइरहेको छ-शान्ति हुनुपर्छ! शान्ति मिल्नु पर्छ!! तर शान्तिको केही पत्तो छैन कि वास्तविक शान्ति कहाँबाट कसरी मिल्छ । यो राम्रो मान्छेका लक्षण हाईन। उत्तम मनुष्य त सन्सारी भोगहरूमा धकेल्दा पनि लाग्दैन।

जसको पूर्व जन्मको कमाई राम्रो हुन्छ, उसले त भोगहरू मिल्दा पनि यही सोच्छ कि आखिर संसार के चीज हो? यसलाई बनाउने वाला को हो? अनि यसलाई किन बनाएको हो? जीव दुःखी किन छ? अनि उसलाई सुख कसरी मिल्छ ?

जुन समय महात्मा बद्धको जन्म भयो, त्यस समय ज्योतिषीहरूले बताए यो बच्चा साधारण बच्चा होइन । यो एक महापुरुष, एक योगी बन्ने छ। उनको पिताले उनको चारैतिर कडा पहरा लगाइदिए। उनको बाहिर घुम्न सबै बन्द गरेर ऐश-आरामको चीजहरूमा उनको जीवन लगाइदिए। बीस वर्षसम्म यसरी नै उसको जीवन चलिरह्यो।

एक दिन रथमा बसेर जब सिद्धार्थ (महात्मा बुद्ध) शहर घुम्न निस्के, तब एउटा शवलाई देख्नेर सारथिलाई सोध्छन्, यो को हो? सारथिले भन्छन्, महाराज! यो पनि एक समय हामी जस्तै जिउँदो थियो। हाँस्थ्यो, बोल्थ्यो, हिंडथ्यो, खान्थ्यो, तर अब यो मरेको छ अनि मानिसहरूले यसलाई जलाउन  मसानघाटमा लगेर गइरहेका छन् । सिद्धार्थले सोधे, 'के मैले पनि एक दिन यसरी नै मर्नु पर्छ?' सारथिले भने, 'महाराज। संसारमा कोही सदा जीवित रहँदैन, सबैले एक दिन मर्न पर्छ।'

अर्को दिन सिद्धार्थले कम्मर झुकेको एक जना मानिसलाई देखे, जो लट्ठी टेकेर बिस्तार-बिस्तारै हिँडिरहेका थिए। उनलाई देखेर सिद्धार्थको मनमा ग्लानि भयो, सिद्धार्थ! यदि जीवित रहिस् भने तेरो पनि यस्तै गति हुनेछ। यस्ता कुराहरू देखेपछि सिद्धार्थलाई संसारदेखि वैराग्य हुन गयो।

हामी पनि कति वृद्ध व्यक्तिहरूलाई देख्छौँ, तर एक दिन । म पनि यस्तै बूढो हुनेछ भनेर सोच्दैनौँ । कति शवहरू बोकेर मसानघाट गयौँ होला, तर सबैले यही सोच्छन् कि मर्नलाई यही आएको थियो, म त सधैँ बाँचिरहने छु। तर यो थाहा छैन हामी पनि यसरी नै जल्नेछौँ, मानिसहरूले हामीलाई पनि यसरी नै मसानघाटमा लगेर जलाउने छन् ।

महात्मा बुद्धलाई पिताको राज्य पनि मिलेको थियो, पत्नी र छोरा पनि थियो । तर बुद्धले साँचो कुराको लागि, स्थायी शान्तिको लागि सबै कुराको मोह त्यागे। रातको समय रथमा बसेर आफ्नो राज्यको सीमासम्म आए अनि रथ फर्काएर आफू पैदलै हिँडेर गए। बाह्र वर्षसम्म यता-उता अनेक साधु- महात्माहरूकोमा भटकिरहे। उनले यहाँसम्म साधन गरे कि बिस्तार-बिस्तारै खाना खान छोड्दै गए। खाना नखाएकोले शरीर एकदम कमजोर भयो अनि बाटोमा लडे।

एक स्त्रीले आएर उनलाई खीर दिइन् । त्यो दिनदेखि उनले खाना खान थाले । अन्य तपस्वीहरूले सोचे, यो त अब गयो, यसको त पतन भयो । तर महात्मा बुद्धले विचार गरे, मैले साधन मनको गर्नु थियो, तर शरीरको साधन गर्न थाले, यसै कारण कष्ट भोग्नु पर्‍यो। त्यसपछि महात्मा बुद्धले मनलाई एकाग्र गर्ने साधनको ज्ञान प्राप्त गरे अनि मनलाई एकाग्र गरेर आफ्नो हृदयभित्रको ज्योतिलाई देखे । यही नामको बोध या ज्ञान हो। त्यसपछि उनले आफ्नो जीवनमा साँचो प्रकाश र नामको प्रचार गरे । उनले आफ्नो शिष्यहरूलाई उपदेश दिँदा यही सम्झाउँथे कि चीजहरूको सङ्ग्रह धेरै नगर, शरीर ढाक्ने लुगा र पेट भर्ने खाना मात्र राखेर बाँकी अरूको सेवामा लगाऊ।

आज महात्मा बुद्धलाई संसारका धेरै मानिसहरूले मान्दछन्। चीन, जापान, बर्मा, लङ्का आदि देशहरूमा बुद्धलाई मान्नेहरू बेसी छन् । हामी महात्मा बुद्धलाई भगवान्को चौबीस अवतारहरूमा एक मान्दछौँ।

भन्नुको भाव यो हो कि उत्तम मनुष्यले आफ्नो जीवन परमात्मामा लगाउँछ अनि निकृष्ट मनुष्य जीवनभर भोगहरूको पछाडि दौडिरहन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ