arrow

कांग्रेसका भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूको अधिवेशन हाललाई स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
congress-party-office-final.jpg

काठमाडौँ । नेपाली कांग्रेसले भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूको अधिवेशन-महाधिवेशन हाललाई स्थगित भएको जानकारी गराएको छ । स्थानीय तह निर्वाचनले गर्दा त्यस आसपास हुने भनिएको भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूको महाधिवेशन स्थगित गरिएको कांग्रेसले जनाएको छ । 

मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी आबद्ध भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूको अधिवेशन-महाधिवेशन स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भए लगत्तै आ-आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन-महाधिवेशनको कार्यतालिका यथाशीघ्र तय गर्ने गरी पूर्व निर्धारित अधिवेशन-महाधिवेशन  हाललाई स्थगित गर्नु हुन सम्बन्धित भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूलाई निर्देशानुसार जानकारी गराइएको बताए ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन पार्टीका सम्पूर्ण साङ्गठनिक संरचनाहरू, भ्रातृ सङ्घहरू, शुभेच्छुक संस्थाहरू लगायत विदेशस्थित जनसम्पर्क समितिहरू समेत क्रियाशील रहेका छन् ।

साथै, स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहन पनि कांग्रेसले निर्देशानुसार अनुरोध गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ