arrow

तीस लाख झ्वाम पारेको भन्दै प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
CIAAoffice.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुलगायत पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको हो । मुद्दा दायर गरेका अन्यमा इञ्जिनियर महेश सिंह, असिस्टेन्ट सव–इञ्जिनियर हस्तबहादुर मल्ल, उपभोक्ता समिति अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमाल रहेका छन् । 

छायाँनाथ रारा नगरपालिकाले वडा नं २ मा पर्ने पैदल बाटोमा पक्की सिंढी निर्माण गर्ने गरी आर्थिक वर्ष २०७४–०७५ मा विनियोजन भएको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान शुरु गरेको थियो । 

अनुसन्धानमा उनीहरु सबै मिलेर २९ लाख ७७ हजार ८२१ रुपैयाँ ११ पैसा रकम हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ