arrow

रोशी दुर्घटना अपडेट : गाडी ठोकिँदा पाँचको मृत्यु, १८ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
accident-news-photo.jpg
तस्बिरः गोरखापत्रबाट ।

बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ स्थित बिपी राजमार्गमा आज दिउँसो दुई गाडी आपसमा ठोकिँदा पाँचको मृत्यु हुनका साथै १८ घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाडौंबाट भारततर्फ जाँदै गरेको युपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमो बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका - ११ स्थित बढुवेशीमा आपसमा ठोकिँदा टाटासुमोमा सवार पाँचको मृत्यु भएको हो । 

सो घटनामा परी मुत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने वर्ष ३० का विक्रम श्रेष्ठ, सोही नगरपालिका-४ बस्ने वर्ष ४५ का हरिबहादुर बल, सुनकोशी गाउँपालिका-१ बस्ने वर्ष ४४ का प्रमिला नेपाली, रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका-८ बस्ने वर्ष ३० का सम्झना भुसाल र निजको छोरा वर्ष ६ को सङ्गीत भुसाल रहेको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी १८ जना भएको र उहाँहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ