arrow

बुवाआमाको आर्शिवाद लिँदै घरदैलोमा कांग्रेसका उम्मेदवार भट्टराई 

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७९ वैशाख २१ बुधबार
aasibaad-lidai.PNG

वालिङ । विद्यार्थी राजनीतिबाट कांग्रेस पार्टीको राजनीतिमा उदाएका युवा नेता गुरुप्रसाद भट्टराई भोट माग्न घरदैलोमा व्यस्त छन् । समृद्ध गल्याङ बनाउने ५ बर्षे रणनीतिक योजना लिएर भट्टराई अहिले गल्याङ नगरपालिकाको घरदैलो अभियानमा छन् । 

नेकपा एमाले मुख्य प्रतिस्पर्धी रहेको गल्याङ्मा भट्टराईले बृद्धबृद्धा आमा बुवाको आर्शिवाद लिएर भोट माग्दै घरदैलोलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट गल्याङ् नगरपालिकाको नगर प्रमुख उम्मेदवार बनेका भट्टराईले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र प्रविधिलाई प्राथमिकतामा राखेर समृद्ध नगर बनाउन आफूलाई भोट दिन अपिल गरेका छन् । 

११ वटा वडा रहेको गल्याङ् नगरपालिकाको मुहार फेर्न नेपाली कांग्रेस विजयी हुनुपर्ने जिकिर भट्टराईको छ । घरदैलो अभियान अन्तर्गत कांग्रेसका उम्मेदवार भट्टराई लगायत सबै अहिले गल्याङ् नगरपालिकाको ९ नम्बर वडामा घरदैलो अभियानमा जुटेको नेपाली कांग्रेसका गल्याङ् नगर समितिका सभापति तथा निर्वाचन प्रचार प्रसार समितिका संयोजक श्यामप्रसाद बस्यालले जानकारी दिए ।

हामी घरदैलो सँगै कोणसभामा हाम्रा योजना राखेर अगाडी जनतामाझ गएका छौं सभापति बस्यालले भने,‘नगरवासीको हौसला र चुनावी माहोल अत्यन्तै राम्रो देखिएको छ, कांग्रेस सँग नगरवासी आशावादी भएको पाएका छौं ।’ यो पटक गल्याङ् नगरपालिकामा कांग्रेसले बाजी मार्ने छ बस्यालले दावी गरे । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले विजयी हासिल गरेको गल्याङ् नगरपालिकामा कांग्रेसलाई विजयी बनाउन सबै नगरवासी लागेको कांग्रेसको दावी छ । योजना र भिजनलाई सगँसगै नगरवासी समक्ष लिएर गएका छौं सभापति बस्यालले भने,‘यो पटक नेपाली कांग्रेसलाई आमाबुवाले आर्शिवाद मात्रै होइन मतदान गर्नुहुनेछ ।’ देश बनाउने पार्टी कांग्रेस मात्रै भएको बुझाई नगरवासीमा देखिएकाले कांग्रेसको चुनावी माहोल अत्यन्तै राम्रो देखिएको छ उनले भने । 

राजनीतिलाई सामाजिक सेवा ठान्दै आएका नगर प्रमुखका उम्मेदवार गल्याङ् नगरवासीका प्रिय मानिन्छन् । नगरवासीको हरेक दुःखसुखमा साथ दिने जनताका सारथि भट्टराईलाई प्रतिस्पर्धी दलले समेत साथ दिने विश्वास गरिएको छ । 

२४ सै घण्टा नगरवासीको सेवामा खटिएका भट्टराई नेपाली कांग्रेसको उदयमान युवा नेताका रूपमा परिचय बनाएका व्यक्ति हुन् । आफू नगर प्रमुखमा विजयी भएपछि पहिलो काम गल्याङ् नगरवासीको समस्याको पहिचान सङ्कलन गर्ने अभियानको शुरुआत् गर्ने बताए । समस्याको पहिचान पछि समाधानमा जोड दिँदै हरेक नगरवासीले स्थानीय सरकारको अनुभूति पाउने गरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

गल्याङ्मा भट्टराई सँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत ८ जना प्रमुख पदमा प्रतिस्पर्धामा छन् । मुख्य गरी नेकपा एमाले सँग प्रतिस्पर्धा देखिएको गल्याङ्मा एमालेले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेलाई उम्मेदवार बनाएको छ । गैह्रे नेकपा माओवादीबाट एमाले पाटीमा समाहित भएका व्यक्ति हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ