arrow

जर्मनीको कार बजारमा आर्थिक मन्दी

logo
एएफपी,
प्रकाशित २०७९ वैशाख २१ बुधबार
audi-car-germany.jpg

फ्र्याङ्कफर्ट । जर्मनीको कार बिक्री दरमा अप्रिलमा थप आर्थिक मन्दीको सामना गर्नु परेको बुधबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

यूक्रेनमाथि रुसले गरेको आक्रमणका कारण जर्मनीको कार बजारले पनि व्यापक क्षतिको सामना गर्नुपरेको हो । 

संघीय यातायात प्राधिकरण (केबीए) ले भनेको छ, “जर्मनीमा बार्षिक रूपमा नयाँ कारका लागि परेको आवेदन २१.५ प्रतिशतले घटेर सङ्ख्या एक लाख ८० हजारभन्दा कममा झरेको छ । यो मार्चको तुलनामा यो १७.५ प्रतिशतको गिरावट हो । 

भीडीए अटो उद्योग संघका अनुसार उत्पादन पनि अप्रिलमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा १३ प्रतिशतले घटेको पाइएको छ । 

सन् २०२१ मा दौडान सवारी उत्पादकहरूले लगातार आपूर्तिसम्बन्धी समस्यासँग संघर्ष गरेका कारण उत्पादनमा ह्रास र बिक्रीमा कमी आएको देखिएको भीडीए अटो उद्योग संघको तथ्याङ्कले देखाएको छ । 

गत महिना भिडीएले सन् २०२२ को लागि आफ्नो कार उत्पादन प्रक्षेपण कम गरेको थियो । 

यसैबीच, स्थानीय कार बजारको हिस्सा १०.४ प्रतिशतबाट बढेर १२.३ प्रतिशत भए तापनि गत बर्षको तुलनामा ब्याट्रीद्वारा संचालित गाडीहरूको संख्या ६.९ प्रतिशतले घटेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ