arrow

बुवाआमाको आशीर्वाद लिँदै घरदैलोमा कांग्रेसका उम्मेदवार भट्टराई 

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
guru bhattarai (2).jpg

वालिङ । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा उदाएका युवा नेता गुरुप्रसाद भट्टराई भोट माग्न घरदैलोमा व्यस्त छन् । समृद्ध गल्याङ बनाउने ५ वर्षे रणनीतिक योजना लिएर भट्टराई अहिले गल्याङ नगरपालिकाको घरदैलो अभियानमा छन् । 

नेकपा एमाले मुख्य प्रतिस्पर्धी रहेको गल्याङ्मा भट्टराईले वृद्धवृद्धा आमा बुबाको आशीर्वाद लिएर भोट माग्दै घरदैलोलाई तिब्रता दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट गल्याङ् नगरपालिकाको नगर प्रमुख उम्मेदवार बनेका भट्टराईले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र प्रविधिलाई प्राथमिकतामा राखेर समृद्ध नगर बनाउन आफूलाई भोट दिन अपिल गरेका छन् । 

११ वटा वडा रहेको गल्याङ् नगरपालिकाको मुहार फेर्न नेपाली कांग्रेस विजयी हुनुपर्ने जिकिर भट्टराईको छ । 

घरदैलो अभियान अन्तर्गत काँग्रेसका उम्मेदवार भट्टराईलगायत सबै अहिले गल्याङ् नगरपालिकाको ९ नम्वर वडामा घरदैलो अभियानमा जुटेको नेपाली कांग्रेसका गल्याङ् नगर समितिका सभापति तथा निर्वाचन प्रचार प्रसार समितिका संयोजक श्यामप्रसाद बस्यालले जानकारी दिए । 

‘हामी घरदैलोसँगै कोणसभामा हाम्रा योजना राखेर अगाडी जनतामाझ गएका छौं’ सभापति बस्यालले भने, ‘नगरवासीको हौसला र चुनावी माहोल अत्यन्तै राम्रो देखिएको छ, कांग्रेससँग नगरवासी आशावादी भएको पाएका छौं ।’ 

यो पटक गल्याङ् नगरपालिकामा काँग्रेसले बाजी मार्ने बस्यालले दाबी गरे । 
२०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा एमालेले विजयी हासिल गरेको गल्याङ् नगरपालिकामा कांग्रेसलाई विजयी बनाउन सबै नगरवासी लागेको कांग्रेसको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ