arrow

प्रचण्डले सुनाए लालसलाम–जय नेपालको एकताको इतिहास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
prachanda-20791.jpg

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लालसलाम र जयनेपालको एकताको इतिहास बुझाएका छन् । चितवनको भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले विगतदेखि वर्तमानसम्म नेपाली कांग्रेस र वामपन्थीको गठजोडबारे बताएका हुन् । 

उनले भने, ‘यो लालसमाम र जय नेपालको सम्बन्ध २०४६ सालको जनआन्दोलनबाट आएको हो । २०४६ अघि कांग्रेस र वामपन्थीबीच एकताको प्रयास भएको थिएन । छुट्टाछुट्टै नै लड्नु पर्छ भनेर लागेका थिए । २०४६ सालमा कांग्रेस र वामपन्थी नमिलेसम्म पञ्चायती तानाशाही नढल्ने नेताहरुको निष्कर्ष भएपछि मिलेर पञ्चायत ढालियो ।’

उनले कांग्रेस र गठबन्धन मिलेर नै अहिलेसम्मको परिवर्तन सम्भव भएको बताए । उनले फेरि चलखेल भएपछि सात दल र विद्रोही माओवादीबीच एकता गरेर राजसंस्था ढालेको हानेता प्रचण्डले बताए । 

उनले दलहरु र आफूहरुबीचको निरन्तरको छलफलपछि भएको १२ बुँदे सहमतिले देशलाई शान्ति सम्झौतामा पुर्याएको बताए ।  

उनले २०४६ सालको आन्दोलन र २०६२–६३ को आन्दोलनले निम्त्याएको सम्झौता गलत नभएको भन्दै अहिलेको सहकार्य पनि गलत नभएको उनले स्पष्ट पारे । 

रुख र हँसिया हतौडाको सहकार्य भएको उनले बताउँदै प्रचण्डले केही कांग्रेसी पुराना नेताहरुले रुख र हँसिया हतौडा मिल्न नसक्ने बताइरहँदा उनले प्रश्न गर्दै सोधे के २०४६ साल र २०६२–६३ को एकता गलत थियो त ? 

उनले २०७४ को स्थानीय तहको निर्वाचनपछि कांग्रेस गठबन्धन तोडेर एमालेसँग गरेको गठबन्धनको बारेमा पनि स्पष्ट पारेका छन् । उनले आफूलाई चितवनवासीदेखि विभिन्न स्थानमा कांग्रेसीहरुले हँसिया हतौडामा मत हाल्न गाह्रो मानेको भनी कांग्रेस सभापति शेरबहादुर देउवालाई बताएर नै एमालेमा गठबन्धन गरेको बताए । 

उनले अहिलेको यो गठबन्धनलाई अहिले मजबुत बनाइयो भने १०–१५ वर्षसम्म गठबन्धन अगाडि बढ्नेसमेत दाबी गरे । 

उनले नेपाल कम्युनिष्ट पार्टी बनाएपछि देश समृद्ध होला भनेर एकता गरेको भए पनि तीन वर्षको प्रयासपछि पनि देश दुर्घटनाबाट बचाउन नसक्ने देखेर केपी शर्मा ओलीले जालझेलविरुद्ध संघर्ष गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ