arrow

बागी उम्मेदवारलाई कांग्रेसको कारबाही

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
nepali-congress-flag.jpg

धादिङ । नेपाली कांग्रेसले धादिङका बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ  ।  कांग्रेसले आज प्रेस विज्ञप्ति प्रकाशन गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र समर्थक तथा प्रस्तावक बसेकालाई पार्टीबाट निष्काशन गरेको उल्लेख गरेको छ ।

कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारीले हस्ताक्षर गर्नुभएको प्रेस विज्ञप्तिमा बेनीघाट रोराङका देवीप्रसाद सिलवाल, नीलकण्ठका कल्पना अधिकारी, नेत्रावती डबजोङका टेकजङ्ग लामा,  खनियाबासका फूलबहादुर तामाङ र खनियाबासकै सरिता तामाङलगायत प्रस्तावक र समर्थकलाई आज उप्रान्त पार्टी सदस्य नरहेको जानकारी गराइएको छ । 

उनीहरू सबै आफूमाथि अन्याय भएको भन्दै पालिकाका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दर्ता गाउनेहरू छन् । उनीहरूलाई पार्टीले पटक–पटक सार्वजनिक विज्ञप्ति निकालेर पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गर्न आग्रह गरिएको भए पनि बेवास्ता गर्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ