arrow

दिल्ली पनि प्लेअफको होडमा, हैदराबादमाथि २१ रनको जित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
delhi-capitals-2022-rishav.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स पनि प्लेअफको होडमा पुगेको छ । मुम्बईमा बिहीबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई २१ रनले हराएसँगै दिल्ली पनि प्लेअफको होडमा कायमै रहेको हो । 

दिल्लीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि निकोलस पुरनले ६२ रन बनाए । एडिन माक्र्रमले ४२ रन बनाए । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो । डेभिड वार्नरले अविजित रहँदै ५८ बmमा ९२ रन बनाए । रोभम्यान पावेलले ३५ बलमा ६७ रन बनाए । कप्तान ऋषव पन्त २६ रनमा आउट भए । 

हैदराबादका भुवनेश्वर कुमार, सिन अब्बोट र श्रेयस गोपालले १–१ विकेट लिए ।

जितसँगै दिल्ली पाँचौं स्थानमा उक्लिएको छ । दिल्लीले १० खेलमा १० अंक जोडेको छ ।

हैदरावाद १० खेलमा १० अंक जोडेर छैटौं स्थानमा झरेको छ । 

शीर्ष स्थानको गुजरात टाइटान्सको १६, दोस्रो स्थानको लखनउ जाइन्टस्को १४ तथा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरको १२–१२ अंक छ । 

पुछारको मुम्बई इन्डियन्सको २ तथा साविक विजेता चेन्नई सुपर किंग्सको ६ अंक छ । 



नयाँ