arrow

तरुण दलले बनायो निर्वाचन लक्षित केन्द्रीय निर्वाचन परिचालन समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
Tarun-Dal.jpg

काठमाडौं । नेपाल तरुण दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । ७७ वटै जिल्लालाई समेटेर तरुण दलले बिहीबार केन्द्रीय परिचालन समिति गठन गरेको हो । 

तरुण दल अध्यक्ष विद्वान गुरुङले समितिको सदस्य सचिवको जिम्मेवारी तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेललाई दिइएको जनाएका छन् । अध्यक्ष गुरुङले कांग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्न केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

‘यही २०७९ बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा नेपाली कांगेस पार्टी र गठबन्धन दलहरुको तर्फबाट उम्मेदवार भएका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण तथा प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वासका साथ स्थानीय तह निर्वाचन प्रदेश स्तरीय  परिचालन समितिमा मनोनित गरेको छु’, उनले भने ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ