arrow

नौटंकी गर्ने व्यक्तिलाई एमालेले उम्मेदवार बनायो – बानियाँ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
krishna-sabuj.jpg

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँ (सवुज) ले नेकपा एमालेले काठमाडौं महानगरपालिकामा नौटंकी गर्ने व्यक्तिलाई उम्मेदवारी दिलाएको आरोप लगाएका छन् । 

पाँच दलीय सत्ता गठबन्धनको काठमाडौँको शान्तिबाटिकामा आयोजित संयुक्त चुनावी आमसभाका सभापति बानियाँले स्वागत भाषण गर्ने क्रममा महिलाहरुलाई अपमान गर्ने व्यवहार गरेका व्यक्तिलाई कसरी नेता मान्ने भनेर प्रश्न गरेका छन् । 

उनले एमालेका उम्मेदवार (केशव स्थापित) विभिन्न पार्टी घुमेर आएको भन्दै उनको आचरणमाथि प्रश्न खडा गरेका छन् । नेता बानियाँले काठमाडौं महानगरपालिका बनाउने काम २०४९ सालका कांग्रेसका मेयर पीएल सिंहले बनाएको भन्दै २०५४ मा आएका स्थापितले महानगरपालिकालाई भाँड्ने काम गरेकोसमेत आरोप लगाए । 

उनले अब महानगरको जिम्मा कांग्रेस उम्मेदवार सिर्जना सिंहले लिने भन्दै यो गठबन्धनबाट नै राजनीति सही ठाउँमा आउने पनि बताए । 

सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्नेछन् । सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने छन् । 


यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् । निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ