arrow

गठबन्धनको विरोध गर्ने कांग्रेस हैन –इन्द्र बानियाँ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
indra-baniya-2079.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता इन्द्र बानियाँले पाँच दलीय गठबन्धनको विरोध गर्ने कांग्रेस नभएको बताएका छन् । पाँच दलीय सत्ता गठबन्धनको काठमाडौँको शान्तिबाटिकामा आयोजित संयुक्त चुनावी आमसभामा बोल्दै कांग्रेस बागमती प्रदेशका प्रमुख एवं बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बानियाँले गठबन्धनको महत्व धेरै भएको भन्दै अहिलेको औचित्यता र आवश्यकता गठबन्धन नै रहेको बताएका हुन् । 

उनले धनवाद, डनवाद र भ्रमवादबाट मुक्त भएर गठबन्धनलाई जिताउनु पर्ने भन्दै नेकपा एमालेको भ्रमबाट मुक्त हुनुपर्ने पनि बताए । उनले महानगरलाई सिर्जना सिंहको नेतृत्वले सिर्जना गरेर अगाडि बढाउन सक्ने भन्दै सिर्जनालाई जिताउन पनि आग्रह गरेका छन् । 

उनले शुक्रबारको दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको सम्झना गर्दै कालीले रक्षा मन्त्रालय, लक्ष्मीले अर्थ मन्त्रालय र सरस्वतीले शिक्षा मन्त्रालय सम्हालेको भन्दै अब पनि महिलाले नै यिनै मन्त्रालयहरु सम्हाल्न सक्षम भएको बताउँदै सिर्जनालाई जिताएर काठमाडौं महानगर बनाउन पनि आग्रह गरे । 
सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्नेछन् । सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने छन् । 

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् । निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ