arrow
ADVERTISEMENT

माधव नेपाल र म एकताको दुई हप्ताबाटै ओलीको षड्यन्त्रमा पर्‍यौ : प्रचण्ड  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
prachandas-ss.PNG

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको षड्यन्त्र नेकपा एकता भएको दुई हप्ताबाट देखिएको बताएका छन् । पाँच दलीय सत्ता गठबन्धनको काठमाडौँको शान्ति बाटिकामा आयोजित संयुक्त चुनावी आमसभामा बोल्दै  प्रचण्डले भने केपी ओली जसलाई नायकका रूपमा लगेका थियौ बडो नमिठो सँग अनुभव रह्यो । 

प्रचण्डले भने 'ओलीसँग किचलो त तीन वर्ष पछि मात्र देखिएको हो । माधव नेपाल र मैले त एकता भएको दुई हप्ताबाट बेइमानी जालझेल षड्यन्त्र बाहेक केही देखिएन । अब दुई हप्ता पछाडि छोड्न मिलेन । हामी सल्ला गर्थिउ  नायक भनेको खल नायक भेटियो भन्थिउ । हामीले सच्चाउन लगातार प्रयास गरेका थियौ । बराबर अध्यक्ष भनेका थियौ त्यो पनि मान्नु भएन । म अलि सोझो र लचिलो पनि हु। मैले रेला गरेको होइन । बाम एकता गरेर जुन स्थायित्वको सपना देखिएको थियो त्यो ३ वर्ष नपुर्दै तुहियो । '

काठमाडौं महानगरपालिकाकी उम्मेदवार सृजना सिंहका लागि अपिल गर्न पाउँदा खुशी लागेको बताए । प्रचण्डले भने सृजना सिंहका टोलीको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु तथा काठमाडौं वासीलाई अपिल गर्न चाहन्छु । 

उनले भने,' माधव नेपाललाई जस्तै मलाई पनि खुशी लागेको छ । भरतपुरमा पनि हिजो एक महिलालाई हामीले अपिल गरेका थियौ भने आज काठमाडौंमा सृजना सिंहका लागि अपिल गर्दा खुशी लागेको छ ।' 

उनले कांग्रेसीले हँसिया हतौडा र कम्युनिस्टले रुखमा भोट हाल्दा नमिठो अनुभव भएको थियो तर अहिले त्यो अवस्था परिवर्तन भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ