- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इतिहासकै सबैभन्दा सफल तर इतिहासकै सबैभन्दा खराब लयमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको प्लेअफ सम्भावना अझै पनि जिवितै राखेको छ । लगातार ८ हारपछि जितको खुशी अनुभूति गर्न पाएको मुम्बईले लगातार दोस्रो जित निकाल्दै अंकगणितीय आशालाई जिवितै राखेको हो ।
दोस्रो जित निकाल्दा मुम्बईले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले पराजित गरेको छ । शुक्रबार राति मुम्बईले दिएको १७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो ।
गुजरातका लागि रिद्धिमान साहले सर्वाधिक ५५ रन तथा सुबमन गिलले ५२ रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विनले २ विकेट लिए । त्यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १७७ रनको योगफल तयार पार्यो ।
मुम्बईका लागि इशान किसनले ४५ रन बनाए । यस्तै प्लेयर अफ द म्याच टिम डाभिडले २१ बलमा अविजित ४४ र कप्तान रोहित शर्माले ४३ रन बनाए ।
गुजरातका राशिद खानले २ विकेट लिए । जितसँगै मुम्बई १० खेलबाट ४ अंक जोडेर पुछारमा छ । पराजित गुजरातले ११ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।
प्लेअफको अंकगणितीय हिसाबलाई जिवितै राख्न मुम्बईले आगामी कुनै पनि खेल हार्नु हुने छैन ।