इटालीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जोडिएको सुपरयाट कब्जा गर्यो
एजेन्सी,
प्रकाशित २०७९ वैशाख २४ शनिबार
303
Shares
फाइल तस्बिर
रोम। इटालीका अधिकारीहरूले शुक्रवार एउटा विशाल याट जफत गरेका छन्। सो याच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हुनसक्ने अनुमान गरिएको छ। अनुमानित ७०० मिलियन डलर मूल्य पर्ने सेहेराजादे नामको सो याटको स्वामित्वबारे इटालीको वित्तीय प्रहरीले अनुसन्धान गरिरहेको छ।
इटालियन अनुसन्धानले ‘आधिकारिक रूपमा सेहेराजादे र रुसी सरकारका प्रतिष्ठित व्यक्तिहरू बीचको महत्त्वपूर्ण आर्थिक र व्यापारिक सम्बन्ध स्थापित गर्न मद्दत गरेको’ प्राप्त विवरणहरूमा जनाइएको छ।
‘अनुसन्धान पछि अर्थमन्त्री डेनियल फ्रान्कोले याट जफत गर्ने आदेशमा हस्ताक्षर गरेका छन्’, सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यो पश्चिमी समुद्री तट सहर मासाको मरिना डि काराराको सिपयार्डमा मर्मत कार्यको लागि धेरै महिनादेखि थन्किएको थियो।
तर, उक्त याच पानीमा फर्किएको र शुक्रवार तैरने अवस्थामा रहेको एएफपी फोटोग्राफरले दाबी गरेका थिए। इटाली सरकारले विज्ञप्ति निकाल्नुअघि उनले त्यस्तो दाबी गरेका थिए।