arrow

पालुङटार मेयरमा दिपकबाबुकै पकड बलियो  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २४ शनिबार
dipak-babu-kandel-gorkha.jpg

गोरखा । गोरखाको पालुङटार नगरपालिकामा सत्ताधारी दलहरुले गठबन्धन गर्न सकेनन् । जसका कारण आफूहरु नै मित्रवत् प्रतिस्पर्धाका नाममा भिडन्त गरिरहेका छन् । 

यो नगरपालिकामा २०७४ सालमा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसका दिपकबाबु कँडेल मेयर बने । यसपटक उनै कँडेल फेरि कांग्रेसबाट उम्मेदवार छन् । 

तर सत्तागठबन्धनबीच देशका अधिकांश पालिकाका चुनावी गठबन्धन हुँदा त्यही पालुङटारमा भने तालमेल हुन सकेन । 

त्यहाँ मेयरमा मात्रै १० जना मैदानमा छन् । कांग्रेसबाट कँडेल, नेकपा माओवादी केन्द्रबाट विवस चिन्तन, जनता समाजवादी पार्टी (जसपा) बाट प्रेमबहादुर गुरुङ, नेकपा एमालेबाट हरि भट्ट रहेका छन् । 

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट शिवराज पौडेल, राप्रपाबाट गोपालबहादुर थापा, अमूल परिवर्तन मसिहा पार्टी नेपालबाट वेदबहादुर लामा, मंगोल नेशनल अर्गनाइजेसनबाट बेगबहादुर गुरुङ तथा दुई स्वतन्त्र उम्मेदवारहरु रामचन्द्र काफ्ले र बलराम तामाङ रहेका छन् । 

यहाँ सत्तागठबन्धनबीच तालमेल नहुनुमा जसपाको दोष देखिएको छ । नेपाली कांग्रेस नगरसमिति सचिव किरण गिरीका अनुसार कांग्रेस र जसपाबीच चुनावी तालमेल गर्ने भनिएको थियो । तर जसपाले बेइमान गरेर पहिले नै मेयर जितेको ठाउँमा आफूले मेयर लिन खोज्यो । त्यतिमात्र हैन जसपाले कांग्रेसको मेयरको उम्मेदवार नै छैन भनेरसमेत प्रचार गर्दै हिँडेको छ । 

कतिपय पालुङटारे कांग्रेस नेताहरु यसमा पार्टी सभापति शेरबहादुर देउवाको गल्ती भएको बुझ्छन् । उनीहरुले देउवाले जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको चाल नबुझेको बुझेका छन् । 

जसपा त्यहाँ तेस्रो शक्ति हो । जबकि दोस्रो शक्ति माओवादी केन्द्र हो । कांग्रेसले यसअघि पनि चुनाव जितेकाले कांग्रेस पहिलो शक्ति हो । 

कांग्रेससँग चुनावी तालमेल गरेर पालिकामा कब्जा गर्न सकियो भने पहिलो शक्ति बन्न पाइने बाबुरामको बुझाइ रहेको उनीहरुको अड्कल छ । त्यो बुझाइलाई सभापति देउवाले नबुझेको उनीहरुको गुनासो छ । देउवाका टिमका मान्छेहरु पनि चुकेको उनीहरको बुझाइ छ । 

कांग्रेसले पालुङाटारका सबै ५२ जना उम्मेदवार नै उठाएको सचिव गिरीले जानकारी दिए । उनले जसपाले भ्रम छर्न खोजे पनि कांग्रेसले एकल उम्मेदवारी दिएर सबै ठाउँमा चुनाव लडिरहेको उनले बताए । 

मेयरका उम्मेदवार कँडेलले जसपासँग मिल्ने र नमिल्ने भन्नेमा चलेको विवाद टुंगिएकाले आफूहरु एकतर्फी प्रचारमा लागेको बताए । उनी भन्छन्, ‘गठबन्धन नहुँदा नै हामीलाई सजिलो हुने हो । हामी जित्छौं ।’

उनी आफूले पहिले पनि राम्रो काम गरेकाले मतदाताको विश्वास जितेको दाबी गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ