arrow

गठबन्धन राष्ट्रिय आवश्यकता हो, बलियो बनाएर लैजानुपर्छ : देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
Sher bahadur deuba.jpg

पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिए । 

गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको भन्दै देउवाले गठबन्धन बन्नु अघि हाम्रो कस्तो अवस्था थियो र आज कांग्रेसको नेतृत्वमा सरकार छ सबै पार्टी मिलाएर बसेको छ भन्ने बुझ्न आग्रह गरे । 

गठबन्धनमा शङ्का, उपशङ्का गर्नुपर्ने अवस्था नरहेको जनाउँदै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी ) अध्यक्ष माधव नेपाल एवं गठबन्धनका दलले उदार भएर कांग्रेसलाई सहयोग गरेका छन्”, देउवाले भने ।

उनले गठबन्धनले छ महानगरमध्ये तीन वटा महानगरको नेतृत्व कांग्रेसलाई दिएको स्पष्ट पारे । महानगर मात्र नभई हरेक पालिकामा गठबन्धनलाई विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गरे । 

गठबन्धनलाई विजयी बनाउनका लागि कांग्रेसी कार्यकर्ता गठबन्धनका अन्य दलले भन्दा पनि मेहनतका साथ लाग्नुपर्नेमा उनले जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ