arrow

लगातार जितसँगै धोनीको चेन्नई पनि प्लेअफमा छानिने सम्भावनातिर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
chennai-dhoni-2022.jpg

काठमाडौं । दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा साविक विजेता चेन्‍नई सुपर किङ्सले चौथो  जित निकालेको छ । यो जितसँगै चेन्नई पनि प्लेअफमा छानिने सम्भावनातिर पुगेको छ । 

आइतबार मुम्बईमा चेन्‍नईले दिएको २०९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन  बनाए । चेन्‍नईका मोइन अलीले सर्वाधिक ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्‍नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको योगफल तयार पारेको थियो । चेन्‍नईका डेभोन कोन्वेले  सर्वाधिक ८७ रन बनाए । कप्तान महेन्द्र सिंह धोनीले ८ बलमा अविजित रहँदै २१ रन बनाए । दिल्लीका एन्रिच नोर्कियाले ३ विकेट लिए । 

जितसँगै चेन्‍नई ११ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा छ । दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा छ ।

बेङ्गलोरको सातौं  जित
आइतबार नै भएको अर्को खेलमा सनराईजर्स हैदरावादलाई ६७ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्गलोरले प्रतियोगितामा सातौँ जित निकालेको छ ।

मुम्बईमा बेङ्गलोरले दिएको १९३ रनको लक्ष्य  भेट्टाउनु अघि हैदरावाद १९ ओभर २ बलमा सबै विकेट गुमाउदै १५ रनमा समेटियो ।

हैदरावादका राहुल त्रिपाठीले  सर्वाधिक ५८ रन बनाए । बैंगलोरका वानिन्दु हसरंगा सर्वाधिक ५ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको बेङ्गलोरले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनायो ।

बेङ्गलोरका कप्तान फाप डु प्लेसिसले  सर्वाधिक ७३ रन बनाए । हैदरावादका जगदीश सूचितले २ विकेट लिए ।

जितसँगै बेङ्गलोर १२ खेलबाट १४ अंक जोडेर चौंथो स्थानमा  छ । हैदरावादले ११ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा छ । 



नयाँ