arrow

सेनाविरुद्धको सामाजिक सञ्जाल अभियान पीटीआईलाई नै 'ब्याक फायर'

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
imran-khan-pti-chairpersion.jpg
फाइल तस्बिर

इस्लामावाद। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान नेतृत्वको पीटीआईले सैन्य प्रतिष्ठानलाई सकारमाथि हस्तक्षेप गर्दै चाँडो चुनाव गराउन दबाब सिर्जना गरिरहेको छ। यद्यपि सैन्य प्रतिष्ठानहरू यस मुद्दामा कुनै हस्तक्षेप नगर्ने र सरकारका कामहरूलाई कुनै बाधा नपुर्‍याउने जनाएको छ। 

तहरीक-ए-इन्साफका सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यकर्ताहरूको ठुलो सङ्ख्याले प्रयोग गरिरहेको र उनीहरूमार्फत नै सैन्य प्रतिष्ठानलाई दबाब दिने गरेको पाइएको छ। 

हालै इमरान खानले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई 'सामाजिक मिडिया योद्धाहरू' भनेर चिनाएको छ। तथापि, सेना र यसका प्रमुखविरुद्ध सुरु गरिएको दुर्भावनापूर्ण अभियानको कारणले गर्दा पिटीआईलाई नै ब्याक फायर भइरहेको छ। 

देशको सैन्य प्रतिष्ठान पीटीआईले चलाएको यस्तो सामाजिक सञ्जाल अभियानहरूबाट दुःख व्यक्त गरेको छ। सेना र यसका प्रमुख विरुद्ध कसरी यो अभियान चलाइएको थियो भन्ने सबै प्रमाणहरू उनीहरूसँग रहेको रक्षा स्रोतहरू बताएका छन्। उक्त विवरणहरू 'ठिक समयमा' सार्वजनिक गर्ने सेनाले जनाएको छ।

पीटीआईका एक वरिष्ठ नेताले द न्युजसँग कुरा गर्दै पीटीआई नेतृत्वको त्यस्ता अभियानसँग कुनै सरोकार नभएको भन्दे बचाउ गरेका छन्। तर उनले पार्टीले प्रारम्भिक चुनावको लागि मार्ग प्रशस्त गर्न सरकारलाई दबाब दिनुपर्ने कुरालाई भने स्वीकार गरेका छन्। पीटीआई नेताहरूले भनेको विपरीत सैन्य प्रतिष्ठानले आफूलाई बदनाम गर्न पीटीआईले चलाएको कदमको ठोस प्रमाणहरू रहेको दाबी गरेको छ। 

गत हप्ता लाहोरको र्‍यालीमा आफ्नो भाषणमा, पीटीआई अध्यक्ष इमरान खानले सरकारको नाम नलिई 'जसले हामीलाई हटाउने गल्ती गर्‍यो' उसले पहिले चुनाव गराएर आफ्नो गल्ती सुधार्नुपर्ने' बताएका थिए। पर्यवेक्षकहरूले इमरान खानले सरकारलाई स्पष्ट सन्देश पठाएकोसमेत बताएका छन्। 

रक्षा स्रोतहरूले सैन्य प्रतिष्ठानले आफ्नो राजनीतिमा हस्तक्षेप नगर्ने अडान कायम राख्ने र कुनै पनि तरिकाले अगाडी चुनाव गराउन कसैलाई दबाब नदिने स्पष्ट पारेको छ। यस्ता सबै विषयमा राजनीतिज्ञहरू आपसमा छलफल गरी निर्णय गर्नुपर्ने स्रोतले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ