- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कुनै समय सचिन तेन्दुलकरको टिम मुम्बई इन्डियन्सको वाहीवाही थियो । हुन पनि उसले सर्वाधिक उपाधि पनि जितेको छ इन्डियन प्रिमियर लिग (आईपीएल) मा । त्यो शिखरमा कोही छैन । तर यसपालि मुम्बईले मान गुमाएको छ ।
सोमबार रातिको खेलमासमेत पराजित हुँदै मुम्बई ११ खेलमध्ये ९ वटामा हार बेहोर्न वाध्य भएको छ । यो हारले मुम्बईको प्लेअफ सम्भावना त लगभग सकिएको छ नै उसले दिनानुदिन मानसमेत गुमाउँदै गएको छ ।
कप्तान रोहित शर्मा भारतीय क्रिकेट टिमकासमेत कप्तान हुन् । उनको कप्तानी कुनै पनि खेलमा झल्केको छैन ।
यस्तो भयो सोमबार रातिको खेल
मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले पाँचौ जित निकालेको छ । कोलकाताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७.३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ११३ रन मात्र बनायो ।
मुम्बईका इशान किशनले सर्वाधिक ५१ रन बनाए । यस्त केइरन पोलार्डले १५ रनको योगदान गरे । कोलकाताका प्याट कमिन्सले ३ विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १६५ रनक योगफल तयार पारेको थियो ।
कोलकाताका नितिश राना र भेन्काटेस एयरले समान ४३ रन बनाए । अजिन्का रहानेले २५ रनको योगदान गरे । मुम्बईका जस्प्रित बुम्राहले ५ विकेट लिए ।
जितसँगै कोलकाता १२ खेलबाट १० अंक जोडेर सातौ स्थानमा छ । मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा छ ।