arrow

कांग्रेसले काठमाडौंको नेतृत्व पाएमा सुशासन र समृद्धि ल्याउने महतको दावी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
prakash-sharan-mahat-2079-01-26.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन् ।

 नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–४ ले आज यहाँ आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले  कांग्रेसले काठमाडौं महानगरको नेतृत्व पाएमा सुशासन र समृद्धि ल्याउने दावी गरे ।

“विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगर र वडामा विकासको कामले गति लिन सकेन, समृद्ध महानगर निर्माणका लागि एकपटक कांग्रेसलाई अवसर दिनुहोस्”, उनले भने । उनले सम्पूर्ण बुद्धिजीवी, नागरिक क्षेत्रका अगुवालगायतलाई लोकतन्त्र र कांग्रेसको पक्षमा मतदान गर्नसमेत आग्रह गरे ।

प्रवक्ता डा महतले नेकपा सरकारले आफ्नो पाँचवर्षे कार्यकाल काम गर्न नसकी खेर फालेको जनाउँदै काम गर्ने पार्टी कांग्रेस भएको उल्लेख गरे । कांग्रेस मुलुक र जनताका लागि जिम्मेवार पार्टी भएको उनको भनाइ थियो ।

कांग्रेस काठमाडौं महानगरपालिका–४ का सभापति एवं स्थानीय निर्वाचनमा कामपा–४ का वडाध्यक्ष उम्मेदवार रामप्रसाद न्यौपानेले अनुशासित र भ्रष्टचाररहित वडा निर्माण आफ्नो मुख्य अभियान भएको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ