arrow

दिल्लीले देखायो दम, राजस्थान ८ विकेटले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
warner-pant.jpg

काठमाडौं । राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी–२० क्रिकेट प्रतियोगितामा छैटौं जित निकालेको छ ।

बुधबार राति राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । दिल्लीका मिचेल मार्शले सर्वाधिक ८९ रन बनाए ।

डेभिड वार्नरले अविजित ५३ रनको योगदान गरे । यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १६० रनको योगफल तयार पारेको थियो ।

राजस्थानका रविचन्द्र आश्विनले ५० रन बनाए । यस्तै देबदुत पडिकलले ४८ रनको योगदान गरे । जितसँगै दिल्ली १२ खेलबाट १२ अंक जोडेर पाँचौं स्थानमा छ । राजस्थान १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ ।

जितसँगै दिल्लीले प्लेअफ सम्भावनालाई बढाएको छ ।



नयाँ