arrow

प्रचण्डसहित एमाले नेता पाण्डे र थापा चितवनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
prachandas-ss.PNG

चितवन । भोलि हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु गृहजिल्ला चितवन आइसकेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृहजिल्ला चितवन पुगेका छन् ।

प्रचण्ड बुधबार चितवन आएका हुन् । उनी गृहजिल्ला चितवन मतदानका दिनसम्म बस्ने कार्यक्रम रहेको छ । उनको मतदानस्थल भरतपुर महानगरपालिका-१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ । सो मतदानस्थल उनलगायत एक हजार ६७८ जना मतदाता छन् ।

यस्तै एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका-५ स्थित भण्डाराबाट मतदान गर्दै छन् । उनले भण्डारा अस्पताल मतदानस्थलबाट मतदान गर्दै छन् । सो मतदानस्थलमा तीन हजार ६५ मतदाता छन् ।

यस्तै एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका-१० बाट मतदान गर्दै छन् । उनले स्थानीय नारायणी नमूना माध्यमिक विद्यालयबाट मतदान गर्नेछन् । सो मतदानस्थलमा भने पाँच हजार ८३६ मतदाता छन् । 

एमाले नेताद्वय पाण्डे र थापा निर्वाचनको प्रचारप्रसारमा जिल्लामा आएर बसेका थिए । 

यस्तै भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार पाँच दलीय गठबन्धनको रेनु दाहालले आधारभूत विद्यालय सुन्दरबस्ती भरतपुर महानगरपालिका-१४, एमालेको प्रमुखका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका-१२ स्थित मोहन माविबाट मतदान गर्दै छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्दैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ