arrow

कोही घरमा नहुँदा टिकटकले लियो छोरीकाे ज्यान, आमाले हालिन् मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
tiktok.jpg

काठमाडौं । टिकटकले एक १० वर्षीया बालिकालाई एक्लै भएको अवस्थामा चुनौती दिएर ज्यान लिएपछि उनकी आमाले कम्पनीविरुद्ध मुद्दा हालेकी छन् ।

टिकटकले ती बालिकालाई 'ब्ल्याकआउट च्यालेन्ज' खेल खेल्न सुझाएको थियो । यो खेलले मर्ने बेलासम्म सास नफेरेरै रहन सुझाउने गर्छ ।

ती बालिका एक्लै भएका बेला टिकटकले यस्तो खेल सुझाएको र उनले यसो गर्दा अक्सिजनको कमीको कारण उनी बेहोस भएकी थिइन् ।

गत वर्ष डिसेम्बरमा यो घटना भएर ती बालिका बेहोस भएको थाहा पाएपछि बालिकाकी आमा टवाइन्ना एन्डरसनले उनलाई अस्पताल लगेकी थिइन् ।

नायला नाम गरेकी ती बालिका पाँच दिनसम्म अस्पतालमा भर्ना भएपनि पछि उनको मृत्यु भयो । 

टवाइन्ना एन्डरसनले पेन्सिलभेनियाको अदालतमा आफ्नी छोरीको मृत्यु पछाडिको परिस्थितिको जिम्मेवार टिकटकमाथि मुद्दा हालेकी छन् ।

'ब्ल्याकआउट च्यालेन्ज'ले यसरी ज्यान लिने हुँदाहुँदै पनि यो लामो समय देखि प्रसारित छ। यूएस सीडीसीका अनुसार सन् २००८ मा यस्ता ‘चकिङ गेम’ खेल्दा कम्तीमा ८२ युवाको मृत्यु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ