arrow

रहेनन् अष्ट्रेलियाका विष्फोटक क्रिकेटर साइमन्डस्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
andrew-symonds.jpg

काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर एन्ड्रियु साइमन्डसको कार दुर्घटनामा परी ४६ वर्षको उमेरमा निधन भएको छ । अलराउन्डर साइमन्डसले सन् १९९८ देखि २००९ सम्म अस्ट्रेलियाबाट २६ टेस्ट, १९८ एक दिवसीय र १४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । 

अस्ट्रेलियाले दुई पटक एक दिवसीय विश्वकप र सन् २००६(७ मा इङल्यान्डविरुद्धको एसेस शृंखला जित्दा उनी  टोलीका प्रमुख सदस्य थिए । साइमन्डसले एक दिवसीयतर्फ १९८ खेलमा ३९ दशमलव ७५ को औसतमा पाँच हजार ८८ रन प्रहार गर्नुका साथै १३३ विकेट लिएका थिए ।

यसै वर्ष अस्ट्रेलियाका पूर्वस्पिनर सेन वार्न र विकेटकिपर रड मार्सको पनि निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ