arrow

वालेन्द्र अघिअघि, स्थापित पछिपछि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
balen-saha.PNG

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन् । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार र्‍यापर एवं इन्जिनियर वालेन्द्र साहको अग्रता फराकिलो बन्दै गएको छ । 

साह एमालेका उम्मेदवार केशव स्थापितभन्दा करिब दोब्बर मतले अगाडि रहेका छन् । साहा अघिअघि रहेका छन् भने स्थापितले उनलाई पछ्याइ रहेका छन् । 

वालेन्द्रले ६ हजार ६ सय ९२ मत पाएका छन् ।  एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ५ सय ६२ मत प्राप्त गरी साहलाई पछ्याइरहेका छन् । 

गठबन्धनबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार १ सय २६ मत पाएकी छिन् । 

राप्रपाका मदनदास श्रेष्ठले ५ सय २१ मत पाएका छन् । 

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डङ्गोल अगाडि रहकी छन् ।डङ्गोलले छ हजार १७३, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले एक हजार ६९० मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ