arrow

वालेन्द्रको पक्षमा नारा लगाउँदै भनियो –देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
balen-sah-kathmandu.jpg
तस्बिर– फाइल

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा वालेन्द्रको अग्रता कायमै छ । उनी अन्य उम्मेदवारभन्दा दोब्बर मतले अघि बढिरहेका छन् । उनको अग्रता कायमै रहेका बेला उनका समर्थक तथा शुभचिन्तकहरूले मतगणनास्थल राष्ट्रियसभा गृहमा भने खुशीयाली मनाइरहेका छन् । 

सयौंको संख्यामा उपस्थित समर्थक तथा शुभचिन्तकहरूले बालेनको पक्षमा नारा लगाउनुका साथै हुटिङ गरिरहेका छन् । राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरूले एमाले, कांग्रेस लगायतका दलमाथि कटाक्ष गरिरहेका छन् । 

देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले ?’ ‘नेपाली जनताले के भन्छ, बालेन शाहलाई ले भन्छ’, जस्ता नारा लगाइरहेका छन् । 

यतिमात्र नभएर पछिल्लो समय चर्चामा रहेका सागर, वसन्ते, किस्नेसँग जोडेर पनि नाराबाजी गरेको देखिन्छ । उनीहरूले ‘सागर वसन्ते किस्ने, बालेन साहले हो जित्ने भन्दै नारा लगाएका हुन् । 

मत गणनाको सुरुवाती चरणदेखि नै बालेन शाह अग्र स्थानमा थिए । उनलाई नेकपा एमाले उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । बालेन शाह लौरो चुनाव चिन्ह लिएर काठमाडौं महानगरेको मेयर पदका लागि उम्मेदवार बनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ