arrow

सवारी दुर्घटनामा माओवादी केन्द्रका उम्मेद्वारको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
Accident-sign.jpg

धादिङ । धादिङको ससाहमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट धादिङबेँसी आउँदै गर्दा आइचर ट्रकसँग ठोक्किएर नीलकण्ठ नगरपालिका-७ का २९ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको हो  । 

दुर्घटनामा सँगै सवार नीलकण्ठ नगरपालिका-४ का सन्तोष अधिकारी गम्भीर घाइते भएका छन् । उनको धादिङमा उपचार हुन नसकी काठमाडौँ ट्रमा सेन्टर पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए । 

धादिङबेँसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा५ख ७०७२ नम्बरको आइचरले वाग्मती प्रदेश ०२-०३३ प ३३९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । पोखरेलको धादिङ अस्पतालमा मृत्यु भएको हो । 

मृतक पोखरेल गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर नीलकण्ठ नगरपालिका–७ नम्बर वडाको वडा सदस्य उम्मेदवार थिइए । नीलकण्ठ निर्वाचन कार्यालयले भोटगन्नसमेत शुरु नगर्दै उम्मेदवारको मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ