- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पन्जाब किङ्सलाई १७ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्स चौथो स्थानमा उक्लिएको छ ।
सोमबार राति दिल्लीले दिएको १६० रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १४२ रनमा समेटियो । पन्जाबका लागि जितेश शर्माले सर्वाधिक ४४ रन बनाए । दिल्लीका शार्दुल ठाकुरले ४ विकेट हात पारे ।
यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५९ रनको योगफल तयार पारेको थियो । दिल्लीका मिचेल मार्शले सर्वाधिक ६३ रन जोडे । पन्जाबका लियाम लिभिङस्टोन र अश्रदिप सिंहले ३–३ विकेट लिए ।
जितसँगै दिल्ली १३ खेलबाट १४ अंक सहित चौंथो स्थानमा उक्लिएको छ । पन्जाब १३ खेलबाट १२ अंक जोडेर सातौं स्थानमा छ ।
दिल्ली प्लेअफ नजिक पुगेको छ । तर यसका कप्तान ऋषभ पन्त भने फ्लप भएका छन् । उनले अहिलेसम्म एउटा पनि अर्धशतक प्रहार गरेका छैनन् । उनले १३ खेलमा एउटा पनि अर्धशतक नबनाउनु र जितको हिस्सा बन्न नसक्नु भने दुर्भाग्य भएको विश्लेषण गरिएको छ ।